'स्किल अप' कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न, विद्यार्थीहरूमा अभिरुचि बढ्दो

दक्ष खबर 13091+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ क्षेत्र ४ का सांसद गगन थापाको कार्यालयद्वारा आयोजित 'स्किल अप' कार्यक्रमको तेस्रो  शृङ्खला सम्पन्न भएको छ । 

तेस्रो शृङ्खला अन्तर्गत 'एमबार्क, इक्युप र एक्सेल' शीर्षकमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । 

हरेक शनिबार टेक्सस इन्टरनेसनल कलेज मित्रपार्कमा हुदैँ आईरहेको कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।


कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस पटक नयाँ तरिकाबाट कसरी (सिभि)  तयार पार्ने, विश्वले कस्तो प्रतिभाहरू खोजिरहेको छ भन्ने विषयवस्तु केन्द्रीत धर्म राज खड्काले सञ्चालन गर्नुभएको यी सेसनहरूमा सहभागी रहेका थियो ।  

काठमाडौँ क्षेत्र ४ का युवा युवतिहरूलाई रोजगारमूलक सिप सिकाउने उद्देश्यले 'स्किल अप' कार्यक्रम अन्तर्गत हरेक महिना फरक फरक विषयमा सिप सिकाई हुने गरेको पवन आचार्यले जानकारी दिनुभयो । 

सहभागी विद्यार्थीहरूले सीप पश्चात् आफ्नो धारणा राख्दै, 'अहिलेको जेनेरेसन क्याप्चर गरेर खेर गईरहेको समयलाई सदुपयोग गर्दै आफ्नो अभिरुचिका क्षेत्रमा प्रयोग गराउनु सह्राननिय रहेको बताउनुभयो । '

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार