नेविसंघ कोटेश्वर क्याम्पसको कार्यबाहक सभापतिको जिम्मेवारी प्रभास केसी 'हरिराम' लाई

दक्ष खबर 12808+ समाचार ( )
११ जेठ २०८०, बिहीबार

काठमाडौँ । नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पसको कार्यबाहक सभापतिको जिम्मेवारी रामेछाप खाडादेवि-४ स्थायि घर भएका प्रभास केसी 'हरिराम' ले पाएका छन् ।

अन्य संगठनलाई चुनौती दिन सक्ने साहसी, निडर र लगनशील व्यक्तिको रुपमा रहेका केसीले कोटेश्वर क्याम्पस नेपाल विद्यार्थी संघको रिक्त रहेको कार्यबाहक सभापति पदको जिम्मेवारी पाएका हुन् ।

नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पसका उपसभापति समेत रहेका प्रभास केसी कार्यबाहक सभापतिमा  मनोनयन भएको नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पस इकाईले जनाएको छ।

नेविसंघ कोटेश्वर क्याम्पसको कार्यबाहक सभापतिको जिम्मेवारी पाएपछि केसीले टुहुरो भएको नेविसंघमा आफू राजनिती गर्न मात्र नआएको बताउदैँ गरिब विद्यार्थीको हक अधिकार सुनिश्चित गर्न र क्याम्पसमा आइपर्ने विद्यार्थीका हरेक समस्याको समाधान गर्न आएको बताएका छन् ।

अब नेतृत्वको जिम्मा आफ्नो काधँमा आएको अनुभूती भएको बताउँदै सहि गन्तव्यसम्म शिक्षा क्षेत्रको विकाशमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Udaya aryal १२ जेठ २०८०, शुक्रबार

ल बधाइ छ बन्दु

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार