नेपालको चर्चित ब्यान्ड 'द एज' भक्तपुर आउने भएको छ। लाइभ कन्सर्टका लागी ब्यान्ड भक्तपुरको राधे राधे स्थित 'हेरिटेज प्यालेस'मा आउने भएका हुन् l 'द एजको' म्युजिकल कार्यक्रमलाई आफ्नो टिकेटले आयोजना गरेको हो l नेपालीहरूको महान् चाड पर्व दसैँलाई लक्षित गर्दै यही असोज ५ गते लाइभ कन्सर्ट हुन गैरहेको छ भने सो कन्सर्टमा ३ हजार देखी ४ हजार सम्म दर्शकलाई सहभागी गराउने आयोजक टिमको लक्ष्य रहेको छ l साथै भक्तपुरकै चर्चित ब्यान्डहरू 'दी सर्माउन्ट' ,`दी आईकन ब्यान्ड´ र 'स्त्री ब्यान्ड' ले पनि आफ्नो प्रस्तुति दिने छन् l कार्यक्रममा प्रमोसन पाट्नर म्युजिकली नेपाल र साउन्ड पाट्नर नमस्ते साउन्ड रहेका छन् l केही महिना अघि मात्रै आफ्नो टिकेटले 'जोन् राई एन्ड दी लोकल्स र सुशान्त एन्ड रागा' लाई लिएर भक्तपुरमै 'म्युजिकल फेस्ट' आयोजना गरेको थियो l उक्त फेस्टमा ५ हजार माथि दर्शकहरूले सहभागी जनाएका थिए l