काठमाडौँ । गोकर्णेश्वर नगरपालिका काठमाडौंको स्थानीय तहहरुमध्ये स्वास्थ्य सूचकाङ्कको आधारमा भएको मूल्यांकनमा प्रथम भएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौँको आर्थिक वर्ष २०७९ ८० को वार्षिक समिक्षा गोष्ठीमा नगरपालिका प्रथम भएको हो ।
गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा गरिरहेको कामको मूल्यांकन गर्दै स्वास्थ्यखबरले पनि दीगो विकास लक्ष्य अन्तर्गत नसर्ने रोगको उपचार, रोकथाम र जनचेतनाका क्षेत्रमा गरेको योगदानको कदर गर्दै स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान गरेको थियो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले स्वास्थ्य कार्यालयको मूल्यांकनबाट प्रथम स्थान हासिल गरेसँगै थप काम गर्ने हौसला मिलेको बताउनुभयो ।
यसैगरी, स्वास्थ्य कार्यालयको मूल्यांकनमा दक्षिणकाली नगरपालिकाले दोस्रो स्थान र कीर्तिपुर नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन ।