किम्फमा हुम्ली गाउँको कथा

दक्ष खबर 15672+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

काठमाडौँ । इन टु द हार्ट अफ माउन्टेन वृत्तचित्र प्रदर्शनसँगै २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को पहिलो दिन समापन भएको छ।

एनेग्री बोसमोनको निर्देशनमा बनेको यो वृत्तचित्रले जेन बौद्ध धर्म अँगालेकी नेतृ रोशी जोन ह्यालिफक्सलाई केन्द्रमा राखेर उनीसँगै हुम्लाको विकट हिमाली भूभागको कथा भन्छ । रोशी र उनका साथीहरु वार्षिक रुपमा हुम्लाका केही उच्च भेगमा वार्षिक रुपमा स्वास्थ्य सेवा प्रदान गर्न लामो यात्रामा निस्कन्छन् ।

राज्यको उपस्थिति कम भएको यो क्षेत्रका मानिस आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् जहाँ रोशी र उनको समूहले चार दशकदेखि स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

वृत्तचित्रमा १८ हजार फिटभन्दा अग्ला डाँडामा हप्तौंहप्ता यात्रा गरेर स्वास्थ्य सेवा प्रदान गर्ने समूहको संघर्षलाई प्रस्तुत गरेको छ। यसक्रममा हुम्लाको प्राकृतिक सौन्दर्यत्यहाँका मानिसहरुका दिनचर्यारहनसहनसंस्कृतिसँगै त्यस भेगका मानिसले सामना गर्नुपरेको जलवायु परिवर्तनका समस्याहरु पनि उजागर गर्छ।

यात्राका क्रममा मूलपात्र रोशी ४० वर्षअघि हुम्ला आउँदा हरियाली देखेको रानीखर्कचाला लगायतका गाउँहरू आज कति पनि उस्तै नरहेको भन्छिन्। स्थानीयहरू खडेरीका कारण पर्याप्त उब्जनी नभएको गुनासो गर्छन्। जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम सँगै गाउँहरू क्रमशस् मरूभूमि बन्दै गइरहेकोमा चिन्तित हुनुपर्ने उनी बताउँछिन्।

महोत्सवको पहिलो दिन इन टु द हार्ट अफ माउन्टेनअघि दुई छोटा नेपाली फिल्म नेपाली फिक्सन र मोटीदुब्लीकालीगोरी प्रदर्शन भए। देवेन्द्र खत्रीको नेपाली फिक्सन आफ्नै गिरोहभित्रबाटै लुटिएको ड्रग माफियाको कथा हो।

निर्वाना भण्डारी निर्देशित मोटीदुब्लीकालीगोरी शारीरिक वर्ण र बनावटलाई लिएर नेपाली समाजले निर्धारित गरेका सौन्दर्यको परिभाषालाई दिने वृत्तचित्र हो। यसमा निर्देशक आफ्नै र अन्य महिला पात्रको अनुभवमा आधारित भोगाइलाई चित्रण गरिएको छ।

जेठ २० सम्म चल्ने महोत्सवमा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फमा विविधताले भरिएका २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार