काठमाडौँ । काठमाडौँ महानगरपालसका वडा ८ ले वडामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने किशोरीहरूलाई स्वास्थ्य सरसफाई सम्बन्धि सामाग्री वितरण गरेको छ ।
कामपा ८ ले गत शनिबार आयोजना गरेको कार्यक्रममा वडा भित्रका विभिन्न स्थानमा स्थाई तथा अस्थायी रूपमा बसोबास गर्ने कोशोरीहरूलाई जनचेतनामूलक स्वास्थ्य सरसफाई सामग्री वितरण गरिएको हो ।
"वडाले बालबालिका तथा किशोरी महिलाहरूको स्वास्थ्यमा देखा पर्ने विभिन्न खालका रोगहरूको निवारण तथा सहजताका लागि जनस्वास्थ्य सँग सम्बन्धित जनचेतनामूलक स्वास्थ्य सरसफाई सामग्री करिब ४०० जना कोशोरीहरूलाई वडाका विभिन्न ठाउँमा पुगेर वितरण गरिएको", कामपा ८ का वडासदस्य सलोनि ओडारीले जानकारी दिनुभयो ।
उहाँले, बालबालिकाहरूलाई आवश्यक मिन्सुरोन्सका बेलामा प्रयोग हुने प्याड, सरसफाईका लागि हात हुने साबुन एवं यसको प्रयोग र सहजताबारे जानकारी गराइएकाे बताउनुभयो ।
त्यस्तै, वडासदस्य सरस्वती राज भण्डारीले, "बालबालिकाको स्वास्थ्य प्रति आमाबुबा मात्र नभएर पुरा समाज नै सचेत हुनुपर्ने बताउनुभयो ।" उहाँले जनप्रतिनिधिहरूले वडामा रहेका बालबालिकाहरूको स्वास्थ्य प्रति जनचेतना तथा सरसफाइमाका सामग्री वितरणले उनिहरूलाई यस्को महत्त्व तथा प्रयोगबारे जनचेतना हुने बताउनुभयो । "
त्यस्तै, किशोरीहरूले यस प्रकारको स्थानीय तहले किशोरीहरूको जनस्वास्थ्य प्रति देखाएको चासोले गर्दा आफुहरू स्वास्थ तथा सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कामपा ८ ले आफ्नै स्वास्थ्य चौकी मार्फत बिरामीहरूको नि:शुक्क रूपमा उपचार समेत गराउँदै आईरहेको छ ।