आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ : अर्थमन्त्री

दक्ष खबर 17388+ समाचार ( )
३० आषाढ २०८३, बुधवार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताउनुभएको छ ।

नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६०औँ वर्षगाँठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा  सहकार्य गरेकोमा युएनडीपीलाई धन्यवाद पनि दिनुभयो ।

"गरिबी निवारण, असमानता न्यूनीकरण र  दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ । यहाँहरूलाई धेरै धेरै धन्यवाद," अर्थमन्त्री वाग्लेले भन्नुभयो, "आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु ।"

संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उहाँले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताउनुभयो ।

नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँले युएनडीपीलाई धन्यवाद दिनुभयो ।

आफुले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उहाँले स्मरण गर्नुभयो ।  सो अवसरमा उहाँले युएनडीपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब "६० वर्षको सहयात्रा" सार्वजनिक पनि गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार