काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउन हिसाबले अगाडि बढ्न सक्यौ भने नेपाली मात्र होइन विदेशी विद्यार्थीहरु पनि नेपाल आउने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा नेपाललाई शिक्षाको हब बनाउने सके नेपाली मात्र होइन विदेशी विद्यार्थीहरु पनि नेपाल आउने बताएका हुन् ।
उनले भने, ‘शिक्षाको विषय एकदमै महत्वपूर्ण विषय हो । हरेक अभिभावकहरुले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन् । त्यसकारण हामीले नेपालको शिक्षा प्रणालीलाई राम्रो र बलियो बनाउनु पर्छ । नभए सबैले आफ्ना सन्तानलाई विदेश पठाउन थाल्छन् । नेपाल शिक्षाको हब पनि बन्नसक्छ । सोही अनुसार अगाडि बढ्न सक्यौ भने नेपाली मात्र होइन विदेशी विद्यार्थीहरु पनि नेपाल आउन सक्छन् ।’