कुलमान घिसिङलाई हटाउनु हुँदैन : उर्जाराज्यमन्त्री तामाङ

दक्ष खबर 16558+ समाचार ( )
१२ माघ २०८१, सोमबार
काठमाडाैँ। उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने बताउनुभएको छ । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले घिसिङले विद्युत प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रश्ताव रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुने बताउनु भयो । देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने उहाँको भनाइ छ ।

कर्मचारीलाई चित्त नबुझेका कुराहरुमा स्पष्टीकरण सोध्न मिल्ने बताउनु भयो । उहाँले घिसिङ देशका लागि काम गर्ने व्यक्ति भएको भन्दै नागरिकले चाहेको खण्डमा फेरि ४ वर्ष काम गर्न दिनुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार