गुणस्तरीय शिक्षामा नेपालकै आठौं स्थानमा सेन्ट लरेन्स कलेज

दक्ष खबर 16456+ समाचार ( )
१५ आषाढ २०८१, शनिबार

काठमाडाैँ । काठमाडाैँकाे मित्रपार्कमा रहेकाे सेन्ट लरेन्स कलेज उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजहरूमा आठौँ स्थानमा रहेको छ । एक मिडियाले सार्वजनिक गरेको सुचि अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको सेन्ट लरेन्स कलेज उत्कृष्ट ८ मा पर्न सफल भएको हो ।  

साढे दुई दशक लामोसमयदेखि शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको शिक्षण संस्थाका रूपमा परिचित नाम हो सेन्ट लरेन्स कलेज । काठमाडौँको चावहिल पिपलबोटमा सन् १९९७ सालमा स्थापना भएको यस कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थाको रूपमा अगाडि बढिरहेको छ ।

सेन्ट लरेन्सले किताबी ज्ञानले मात्र नभई विषयगत भ्रमण तथा तालिम समेत सञ्चालन गरेर विद्यार्थीको क्षमतामा निखार ल्याउन सहजीकरण गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट लरेन्स कलेजमामा उच्च माध्यमिक तहदेखि स्नात्तोकतरसम्मको अध्यापन हुँदै आएको छ । प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा पढाई हुँदै आएको छ भने स्नातकमा बीएसी सीएसआईटी, बीसीए,बीबीएस, बीएरबीएसडब्लुको पढाई हुँदै आइरहेको छ ।

सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थामा दरिएको आठौँ स्थानमा पर्न सफल भएको हो ।

सेन्ट लरेन्सले किताबी ज्ञानले मात्र नभई विषयगत भ्रमण तथा तालिम समेत सञ्चालन विद्यार्थीको क्षमता निखार ल्याउन सहजीकरण गर्दै आएको क्याम्पस प्रमुख  पुरूषोत्तम महर्जनले बताउनुभयो । 

साथै विद्यार्थीमा भएको क्षमतालाई परिस्कृत गर्न सेन्ट लरेन्सले एक्सट्रा क्लास, गेष्ट लेक्चरलका कक्षा समेत हुँदै आएको छ । विद्यार्थीका लागि विषय अनुसारका इन्टर्नसिपका कार्यक्रम पनि कलेजले उत्कृष्ट रूपमा सञ्चालन गर्दै आईरहेको छ । 

उत्कृष्ट ‘प्लस टु’ अन्तर्गत एक मिडियाले काठमाडौंसहित देशभरका प्लस टुलाई समेट्ने प्रयास गर्दै यो सुचि सार्वजनिक गरेको थियो ।  राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउँदो पाठ्य सामग्रीले गर्दा यो कलेे उत्कृष्ट ८ मा पर्न सफल भएको हो । 

सेन्ट लरेन्स कलेज उत्कृष्ट गुणस्तरीय शिक्षालाई अबलम्बन गर्दै विद्यालय तहदेखि मास्टर्स लेभलसम्मको गुणस्तरीय शिक्षा, विज्ञान तथा प्रविधिमा आधारित शिक्षा प्रदान गर्दै आईरहेको शैक्षिक संस्था हो ।

प्रतिक्रिया

xyz १८ आषाढ २०८१, मङ्गलबार

Thumbnail Chorna Vayena ni @From_Kendrabindu_Media

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार