काठमाडौँ । कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले मिटरव्याजीप्रथा विकराल बन्दै गइरहेको बताउनुभएको छ ।
यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले मिटर व्याज पीडितलाई आर्थिक सहयोग गर्न बानेश्वरमा आयोजीत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
आन्दोलरत पीडितहरुलाई भेट्न नयाँ बानेश्वर पुगेका ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी र उपाध्यक्ष महेश्वरनरसिंह केसीले रकम हस्तान्तरण गर्नुभएको हो ।
ट्रस्टको तर्फबाट २० हजार र मिलन श्रेस्ठ शुभम अस्पतालले ५ हजार पीडितलाई सहयोग गरिएको कांग्रेस नेता एवं ट्रस्टका महासचिव जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।
आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेता केसी तत्कालिन सरकार र पीडित पक्षबीच भएको ५ बुँदे सहमति अभिलम्ब कार्यान्वयन गर्नका लागि समेत आग्रह गर्नुभयो ।
‘तत्कालीन सरकार र पिडित आन्दोलनकर्मीबीच भएको ५ बुँदे सहमति अविलम्ब कार्यन्वन गरि मिटरव्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ती पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउन सम्वद्द निकाय मार्फत सरकार सङ्ग जोडदार माग गर्नुभयो ।’