एमालेद्वारा साइबर आक्रमणको निन्दा, विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोध

दक्ष खबर 16456+ समाचार ( )
१९ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ। शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकको निर्णय सुनाउँदै सचिव लेखराज भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले,‘ नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ। साथै नियोजित आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।’

त्यस्तै, एमालेले वर्तमान सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रविन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ । सरकारलाई अभिलम्ब यस निर्णयबाट पछाडी हट्न ध्यानाकर्षण समेत गराएको छ । ‘वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको एमालेले कडा शब्दमा विरोध गरेको छ। पार्टीले उक्त निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ,’उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार