भण्डारखाल सञ्चालनमा ल्याउन वडा र स्थानीयद्वारा विकास कोषलाई ध्यानाकर्षण

दक्ष खबर 16456+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले भण्डार क्षेत्र खुलाउन पशुपति क्षेत्र विकास कोषलाई ध्यानाकर्षण गराएको छ ।

आज कामपा ८ का वडाअध्यक्ष आशामान संगत सहित स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई मौखिक रूपमा ध्यानाकर्षण गराउनुभएको हो ।

काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशमान संगतले," विगत लामो समयदेखि बन्द अवस्थामा रहेको भण्डारखाल परिसर चाडोभन्दा चाडैं खुलाउन उहाँले आग्रह गर्नुभयो ।"

उहाँले, "जयवागेश्वरी माँको १२ वर्षे जात्रा सञ्चालन ब्यवस्थापन र यहाँका स्थानीय मठमन्दिरको पुजारीहरूको आवश्यकता अनुसारको ब्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।"

त्यस्तै,स्थानीयहरूले स्थानीयले दैनिक रूपमा विहान बेलुका मर्डिङ बाक गरिरहेको स्थान मौन रूपमा बन्द गरेर राख्नु अनुचित रहेको र यथाशीघ्र खोल्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन ।

त्यस्तै, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, " अदालतमा भण्डारखाल सम्बन्धि मुद्दा रहेकाले आफुले समयमा नै सञ्चालनमा ल्याउन नसकेको र यथाशीघ्र भण्डारखाल खुल्ला गर्नेमा आफुपनि तयार रहेको बताउनुभयो ।

उहाँले, "सोमबार जनप्रतिनिधि सहित स्थानीयको भेला गरेर भण्डारखाल परिसर खुल्ला गर्ने विषयमा आफुहरू सक्षम रहेको बताउनुभयो ।"

उहाँले, आवश्यक पहल कदमी सहित स्थानीयहरूको भावना अनुसार नै काम गरेर अगाडि बढ्ने जोशीले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को २०८१ असोज ११ गते बसेको बैठकले सर्वसाधारणलाई भण्डारखाल प्रवेशमा अनिश्चितकालीन समयको लागि प्रवेशमा रोक लगाएको थियो  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार