काठमाडौं । मनास्लु वर्ल्ड कलेज र गोकर्णेश्वर नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा जेहेन्दार, विपन्न तथा लक्षित वर्गका अधिकतम पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहुलियतमा प्रदान गर्दै कक्षा १२ उत्तिर्ण गराउने रहेकाे छ ।
पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्तिमा मनास्लु वर्ल्ड कलेजमा अध्ययनको अवसर प्रदान गरीने छ । पाँच जनाको कोटा पुगे पछि नगरपालिकाको सिफारिसमा अरु विद्यार्थीहरूलाई बिस प्रतिशत छुट प्रदान गरीने रहेकाे छ ।
मनास्लु वर्ल्ड कलेज र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा यस नगरपालिकाको बिद्यार्थीलाई लक्षित पारी शैक्षिक परामर्श कार्यक्रम गरीने लगायतका बिषयमा द्वीपक्षीय सम्झौता भएको हो ।
गोकर्णेश्वर नगरपालिका भित्रको शैक्षिक बिकासका क्षेत्रमा मनास्लु वर्ल्ड कलेजको सहभागीता रहने, नगरपालिका भित्र संचालन हुने शैक्षिक बिकासका कार्यक्रमहरुमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण गर्ने, नगरपालिकामा संचालित विधालयमा शैक्षिक गुणस्तर अभिबृद्धि र अनुकुल शिक्षण सिकाई वातावरण निर्माणका लागि शिक्षक तालिम र बिद्यार्थी परामर्श जस्ता कार्यक्रम संचालन गर्न सहजीकरण र सहयोग गर्ने लगायतका बिषयमा द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
गोकर्णेश्वर नगरपालिकाको तर्फबाट नगर प्रमुख दिपक कुमार रिसाल र मनास्लु वर्ल्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामा र कलेजका प्रिन्सिपल राजन श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । द्वीपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा ९ का वडा अध्यक्ष राजिव थापा, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।