प्रधानमन्त्रीद्वारा नेपाल आइडल विजेता करण परियारलाई गितार उपहार

दक्ष खबर 7516+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार

काठमाडौँ । नेपाल आइडल विजेता करण परियारलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गितार उपहार दिनु भएको छ । 

बुधबार बिहान आफ्नो निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बधाइ तथा शुभकामना  दिनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिनुभएको छ । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताउनुभयो।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार