काठमाडौँ । एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिकाले जित्नु भएको छ ।
उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिकाले हात पार्नुभएको हो । आज, गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनाले सम्पन्न भएको हो ।
समारोहमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दिपिका विजयी हुनु भएको हो । त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल हुनु भएको हो ।
विजयी प्रतिस्पर्धिलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराउनु भएको हो । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो । एसियन पेेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगिता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दीनि एल थापा, सौरभ ज्योति रहनुभएको थियो ।
प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन ।