बालबालिकामन्त्री श्रद्धा श्रेष्ठद्वारा समाज कल्याण परिषद्को अनुगमन (तस्विरसहित)

दक्ष खबर 16457+ समाचार ( )
१५ मंसिर २०८२, बुधवार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले समाज कल्याण परिषद्को अनुगमन गरेकी छिन् । बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित परिषद्मा पुगेर मन्त्री श्रेष्ठले अनुगमन गरेकी हुन् ।

अनुगमनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले परिषद्भित्र सञ्चालित संघ संस्थाहरुको वक्यौता बढेको भन्दै वक्यौता फछ्र्याैटको लागि पत्र काट्ने जानकारी दिइन् ।


उनले, ‘हामीले आज सबै ठाउँमा अवलोकन गरेका छौं । आजको अवस्था हेरेर हामीले एउटा चिठि काट्दै छौं । वक्यौता धेरै नै बढेको छ । वर्षौदेखि कतिपयले ओगटेर राख्नुभएको छ । त्यसको वक्यौता भएको छैन् । १०–१५ दिनमा वक्यौता फछ्र्याैट गर्नु भनेर चिठि काट्ने छौं ।’

उनले चिठि काट्ने सुरुवात व्यापारीक प्रयोजनबाट गर्ने जानकारी दिइन् । पहिलेको सरकार जस्तो खालि फाइलहरु खोल्ने र केही नगरी बन्द गर्ने सोचमा आफू नरहेको भन्दै मन्त्री श्रेष्ठले काम गरेर देखाउने दाबी गरिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार