उदाहरणीय बन्यो जुम्लाको तातोपानी : जर्मि गाउँका महिलाहरुकाे सामुहिक तरकारी खेति
तिलक उपाध्याय
१९ जेठ २०८२, आइतबार
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका २ जर्मी गाउँका महिला समुहकि सदस्य कबिता बुढाकाे दैनिकी आफ्नो तरकारीबारीमै बित्छ। बिहानै तरकारीको रेखदेख गर्न उनी बारीमै जान्छिन्। तरकारी खेतीबाटै आर्थिक स्थिति बलियो हुनेमा उनी बिश्वासमा छन्।
उनकाे खेतबारीमा काउली, बन्दा, गोल्भेडा,आलु, गाँजर, मुला ,फर्सी र प्याज लगाएकी छिन्। आफूले फलाएको तरकारी बेचेर लाखौं रुपैयाँ आम्दानीको गर्ने सोचमा छन्। अघिल्लाे वर्षहरूमा जै गहुँ खेती भइरहेको र अहिले उनको बारीमा विभिन्न तरकारी फलेका छन।
कबिताले भन्छिन्, 'जैखेति गर्दा उत्पादनमा कमि थियाे। आजभोलि तरकारी खेतीबाटै आर्थिक पक्ष बलियो बनाउने पक्षमा छौँ।’
जलवायु परिवर्तनका कारण जुम्लाको खेती प्रणालीमै हलचल देखिएपछि किसानहरू वैकल्पिक उपाय अपनाउन थालेका हुन्। विषादीरहित अर्गानिक तरकारी रोपिएकाले उनको तरकारीको माग अहिलेदेखि नै हुन थालेको छ।
सोही गाउँकी माया बुढा पनि तरकारी खेती सगै भैंसी पालनमा हिजोआज ब्यस्त छन । उनी तीन वर्षयता देखि तरकारी खेति र भैसि पालन गर्दै आएकिछिन्। माया बुढा यो वर्षदेखि थप व्यावसायिक र आधुनिक तवरले नै तरकारी खेति र भैंसी पालन गरिरहेकि छिन । विगतमा आफूलाई चाहिँदो मात्रै तरकारी लगाउने गरेकि उनले यश बर्ष देखि ताजा तरकारी बजारसम्म पुर्याउने तयारी थालेकी छन् ।
साथै उक्त समुदायमा स्थानीय बजारमै व्यापार बढेसँगै उनले त्यहीँ स्थानीय बजार को मागका आधारमा तरकारी फलाउन थालेकी हुन्। तरकारीबाटै आम्दानी गरेर घर परिवारसँग माग्नु नपरोस् भन्ने उनको सोच छ।
पहिला बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफैँले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च चलेकै छ।उनले खुसी हुँदै व्यक्त गर्छिन्।
उनले उत्पादन गरेका तरकारी तातोपानी गाउँपालिका केन्द्र लिताकोट र तातोपानी बजारमा बिक्री भइरहेको छ। यो वर्ष धेरै उत्पादन छ, जुम्लाको सदरमुकाम खलंगासम्म लैजाने तयारी छ उनको। साथै यश परियाेजना संञ्चालन भए देखि गाेठे मल र गाई भैसिकाे पिसाब संकलन गरेर तरकारी बारीमा हाल्ने गरेका छाै परियाेजनाले गाेठ सुधारकाे कार्य पनि गरेर समुहका सदस्य सबैकाेमा गाई बस्तुकाे पिसाव पनि संकलनमा लागेका छन।
यूएनडिपीको आर्थिक सहयोग तथा तातोपानी गाउपालिका र पेस नेपाल जुम्लाको साझेदारिमा सन्चालित कृषि खाध्य प्रणालिको लागि नवीकरणीय उर्जा (आरईआरएएस्) परियोजना अन्तरगत जर्मि गाउँमा तरकारी खेती भइरहेको पेस नेपाल जुम्लाका परियाेजना संयाेजक हरि शर्माले बताए।
त्यस्तै परियाेजना संयाेजकका अनुसार उनीहरूलाई खाध्य तथा पाेषण सुधारमा गर्ने अनुरुप विषादी रहित अर्गानिक व्यवसायिक तरकारी उत्पादनकाे अवधारणामा तरकारी खेती ,गाेठ,तथा भकाराे सुधार जैविक विषादी निर्माण लगाएका कार्यहरु सञ्चालन भईरहेकाे कुरा परियोजना संयाेजक शर्माले बताए।