काेराेला नाका खुल्ला

दक्ष खबर 10205+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

काठमाडौँ । नेपालको उत्तरी सिमानाका कोरोला नाका सोमबारदेखि सञ्चालनमा आएको छ । निकै लामो समयको प्रतीक्षा पछि उत्तरी क्षेत्रको सबैभन्दा ठुलो र व्यापारिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिएको सो नाका नेपाल र चीनका प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालन गरिएको हो ।
नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, महानगरपालिकाका जनप्रतिनिधि पोखरा उधोग बाणिज्य संघ, पर्यटन व्यावसायि, चिनियाँ प्रतिनिधिहरूको महत्त्वपूर्ण उपस्थिति रहेकोे थियोे ।
नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलेकट्रोनिक्स सामग्री, लत्ताकपडा लगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार