काठमाडौँ । गत असोज ११ र १२ गते परेको भारी वर्षाका कारण प्रभावित परिवारहरुलाई लायन्स क्लब इन्टरनेसनल डिट्रिक्ट ३२५ ई को फुड ब्यांक अन्तरगत काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा-११ सल्लेमा खाद्यान्न सहयोग गरिएको हो ।
"लायन्स क्लब अफ काठमाडौँ पशुपतिनाथ, लायन्स क्लब अफ काठमाडौँ खास्ती, लायन्स क्लब अफ काठमाडौँ युथ फर सर्भिस, लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट, लायन्स क्लब अफ काठमाडौँ मोडल, लायन्स क्लब अफ काठमाडौँ झ्यारुङ खस्योरको संयुक्त आयोजनामा वर्षाबाट प्रभावित ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको", लायन दिलिप बैद्यले बताउनुभयो ।
उहाँले, 'वर्षाका कारण प्रभावित स्थानमा रहेका परिवारहरूको समस्यालाई मध्यनजर गर्दै लायन्स क्लबहरू सँगको सहकार्यमा खाद्यान सामग्री वितरण गरिएको बताउनुभयो ।'
जस अन्तरगत चामल, दाल, मस्यौरा, तेल, चिउरा, मरमसला, दालमोठ लगायतका खाद्य सामाग्रीहरू वितरण गरिएको हो । लायन्स क्लब सामाजिक कार्यमा प्रभावकारि रूपमा काम गर्दै आईरहेको सक्रिय सामाजिक संस्था हो ।