काठमाडौँ । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।
मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या विश्वव्यापी रूपमा समस्या देखिरहेको हो ।
सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।
फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।