दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु : अर्थमन्त्री

दक्ष खबर 17388+ समाचार ( )
२७ जेठ २०८३, बिहीबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् । 

उनले भने ,‘एक दुईटा खोस्टाले लेखे, दुई अर्बको आशंका भनेर । दुई अर्ब होइन । दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न तयार छु । यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंहरूका काण्डबारे अनविज्ञ हो र रु ती पनि खुल्नेछन् ।’

उनले सुशासनको निर्मम ऐजेन्डा लिएर अघि बढेको भन्दै सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा नै धोका दिन नसक्ने दाबी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार