कांग्रेस पदाधिकारी बैठक जारी
१८ आषाढ २०८१, मङ्गलबार
काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजेबाट बैठक जारी रहेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताउनुभयो ।