जेन-जी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

दक्ष खबर 15034+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

काठमाडौँ । जेन-जी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ । सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो । 

शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज(सोमबार)का लागि सारिएको थियो । तर, जेन-जी युवाहरुबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ । 

शनिबार सरकारले छानेका जेन-जी प्रतिनिधिहरुप्रति केही युवाहरु असन्तुष्ट भई नाराबाजी गरेका थिए तर सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद टुङगिन सकेको छैन । 

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेन-जीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार