लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को 'सी' टीम सेमिफाइनल प्रवेश

दक्ष खबर 15672+ समाचार ( )
२१ पौष २०८१, सोमबार

काठमाडौँ । लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जीको आयोजनामा सेभेन ए साइड फुटसलमा प्रतियाेगीताकाे आजको खेलमा इलाइट हस्पिटालिटिलाई ३-० गोल अन्तरले हराउँदै लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को 'सी' टीम सेमिफाइनल प्रवेश गरेको छ । 

खेलमा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को 'सी' टीमका खेलाडीहरू आशिष कपाली, प्रविन गिरि र पुरूषोत्तम महर्जनले समान १-१ गोल गर्नुभएको थियो । याे सँगै लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को 'सी' टीम सेमिफाइनल प्रवेश गरेकाे छ ।

त्यस्तै, आजै भएको अर्काे खेलमा लायन्स क्लब अफ काठमाडौँ बुढानिलकण्ठ ३२५ जी लाई २-१ गोल अन्तरले पराजित गर्दै  लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को 'सी' टीमले विजयी यात्रा कायम राखेको हाे । 

लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ई को 'सी' का आशिस कपाली र प्रविन गिरिले समान १-१ गोल गर्नुभएको थियो भने, काठमाडौँ लायन्स क्लब अफ काठमाडौँ बुढानिलकण्ठ ३२५ जीका तर्फबाट बद्री भट्टराईले १ गोल गर्नुभएको थियो ।

३२५ ई को 'सी' टीमकाे कप्तानमा दिलिप बैद्य रहनुभएकाे छ भने, किप्पर रजिश श्रेष्ठ रहनुभएकाे छ । 

गत शनिबारबाट शुरूवात भएकाे प्रतियाेगिताकाे समापन मंगलबार हुनेछ । प्रतियाेगिताकाे बिजेताले पचाँस हजार नगद सहित ट्रफि हात पार्नेछन् भने उप बिजेता टीमले नगद पच्चिस हजार सहित ट्रफि हात पार्नेछन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार