काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ ले वडावासीका लागि आउट डोर फिटनेस इक्कुप्मेन्ट तथा बालबालिकाहरूका लागि बाबु छिरिङ चिल्ड्रेन पार्क सञ्चालनमा ल्याएको छ ।

आउट डोर फिटनेस इक्कुप्मेन्ट तथा बाबु छिरिङ चिल्ड्रेेन पार्कको कामपा -८ का वडाअध्यक्ष आशामान संगत तथा वडा सदस्यहरू सरस्वती राजभण्डारी, सलोनी ओडारी, शेखर देउला र राजलक्ष्मी भुसालले संयुक्तरूपमा समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटन गर्दै कामपा -८ का वडाअध्यक्ष आशामान संगतले वडाबासीको आवश्यकतालाई मध्यनजर गर्दै पार्क तथा फिटनेस सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले आउट डोर फिटनेस इक्कुमेन्ट ९ लाख ७२ हजार २ सय ९० रूपैयाँ २४ पैसा रूपैयाँ लागत तथा बाबु छिरिङ चिल्ड्रेेन पार्क ७ लाख १० हजार ४ सय २६ रूपैयाँमा ९३ पैसा लागतमा निर्माण गरिएको बताउनुभयो ।
कामपा -८ का विभिन्न स्थानमा स्थानमा आउट डोर फिटनेस इक्कुप्मेन्ट जडान गरिएको उहाँले बताउनुभयो । त्यसै अनुसार भण्डारखालमा र गुह्येश्वरीमा राखिएको उहाँले बताउनुभयो ।