काठमाडौँ । ज्यापु पुच: पशुपति परिवार-८ ले नवआगन्तुक पर्वहरू लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज आयोजित नेपाल संवत ११४४ तथा शुभ दिपावलीको उपलक्ष्यमा ज्यापु पुच: पशुपतिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
शुभकामना कार्यक्रममा बोल्दै ज्यापु पुच: पशुपतिका अध्यक्ष सुरेन्द्र डंगोलले, हरेक चाडपर्वले आ- आफ्नै महत्त्व बोकेको बताउँदै यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । त्यस्तै, काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष आशामान संगतले नजिकिँदै गरेका चाडपर्वहरूको शुभकामना व्यक्त गर्दै चार्डपर्वको मुल्य, मान्यता र संस्कृति भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंह, नेपाली कांग्रेस काठमाडौं क्षेत्र ४ का सभापति श्याम कृष्ण डंगोल, काठमाडौं महानगरपालिका वडा-८ का वडा अध्यक्ष आशामान संगत, पशुपति क्षेत्र विकासकोषको परिसद् सदस्य रामेश्वर संगत लगायत कामपा-८ भित्रका विभिन्न क्लवहरूको अध्यक्ष सहित विभिन्न तह र तप्काका व्यक्तिहरूको सहभागीता रहेको थियो ।