माउन्ट एभरेष्ट मा.वि र काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन बिच सहकार्य

दक्ष खबर 16456+ समाचार ( )
२९ फाल्गुन २०८०, बिहीबार

काठमाडौँ । माउन्ट एभरेष्ट माध्यामिक विद्यालय थली र काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन बिच सहकार्य भएको छ । 

एक समारोहका बिच माउन्ट एभरेष्ट माध्यामिक विद्यालयका प्रधानाध्यापक यादव घिमिरे तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन डा. बालचन्द्र लुइटेलले एकआपसमा सम्झाैता पत्र हस्तान्तरण गर्दै सहकार्य गर्नुभएको हो । 

माउन्ट एभरेष्ट माध्यामिक विद्यालयका अध्यक्ष बिष्णु ज्ञवालीले,'विश्वविद्यालय सँगको सहकार्यले बिधालयको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।' 

प्रधानाध्यापक यादव घिमिरेले,'विद्यार्थीको शैक्षिक उन्नयनमा हाम्रो बिधालय विभिन्न देशभित्र रहेका र विदेशी विश्वविद्यालय सँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।'

 उहाँले शिक्षण सिकाईका गतिविधिहरूमा परिवर्तनकारी नवीनतम लक्ष्य हासिँलका निमित्त पनि विश्वविद्यालय सँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । 

सहकार्यमा विद्यार्थीको अध्ययन क्षमता अभिवृद्धि, शिक्षक तालिम, विद्यार्थीहरू बिचको सहकार्य, २१औँ शताब्दीको सीपमुलुक तालिम एवं सेवा आदानप्रदान हुने विश्वविद्यालयले जनाएको छ ।


प्रतिक्रिया

कविता तिमल्सिना ३० फाल्गुन २०८०, शुक्रबार

यो न्युज हेरे पछि खुसी लाग्यो।

Khakindra Bahadur Karki २९ फाल्गुन २०८०, बिहीबार

English spoken poor xa studentko

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार