मुलुकमा लोकतन्त्रको संरक्षण, शान्ति सुव्यवस्था कायम गर्नेमा विचार विमर्शमा छु : राष्ट्रपति

दक्ष खबर 16456+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्श गरिरहेको बताउनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँले, देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायारामा रहेर कसरी निकास दिन सकिन्छ भन्ने तर्फ विमर्शमा रहेको बताउनुभएको हो । 

उहाँले आज विज्ञप्ति जारी गरी आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार