काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरिएको छ । संविधान र कानून विपरित सुकुम्वासीहरुलाई उठिवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहबिरुद्ध सोमवार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्यालीसहितको बिरोध प्रदर्शन गरिएको हो ।
आफूहरुलाई उठिवास लगाउने काममा मेयर साह लागेपछि त्यसको बिरोधमा शुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताउनु भयो ।
उहाँले संविधान, कानून विपरित भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिवास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभयो । न्युज एजेन्सी नेपाल