काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोली देखि सुरु हुने भएको छ । भोली देखि आगामी चैत्र २९ गतेसम्म एसईईको परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन् । एसईईको परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुने भएको छ ।
प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइ स्तर एउटै भएपनि प्रत्येक प्रदेशमा फरक प्रश्न सोधिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको समेत बताउनुभयो । देशभर २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएको परीक्षा बोर्डले जनाएको छ ।