आयोजक मनास्लु वर्ल्ड कलेजलाई उपाधि

दक्ष खबर 2424+ समाचार ( )
४ श्रावण २०८०, बिहीबार

काठमाडौँ । तेस्रो मनास्लु एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आयोजक मनास्लु वर्ल्ड कलेजले जितेको छ ।

चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित गरेको हो ।

मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरेका थिए । मनास्लुकै तुसार महर्जनले ६ तथा कोसिस भुजेलले ४ अङ्क जोड्न सफल भए ।

सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

उपाधिसँगै मनास्लुले १५ हजार नगद पुरस्कार राशी प्रप्त गरेको छ भने, युजेएले ७ हजार नगद पुरस्कार प्रप्त गरेको छ  ।

विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति समेत पाउने छन् । मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । तुषारले पनि छात्रवृत्ति प्रदान गरिने कलेजले बताएको छ ।

विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबिच पुरस्कृत गरेका थिए । एक दिने लिग कम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार