काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ जयबागेश्वरी नवालीटोलमा रहेको ३२४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भुकम्पले क्षति पुर्याएको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको छ ।
आज आयोजित एक समारोहकाबीच काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले दुईवटा फल्चाको समुद्घाटन गर्नुभएको हो ।
फल्चाको शिलापत्र अनावरण सहित रिवन काट्दै वडाअध्यक्ष आशामान संगतले, " काठमाडौँ महानगरपालिका वडा ८ मा रहेको परम्परागत ३२४ वर्ष पुरानो फल्चा एवं भुकम्पले भत्काएर भग्नावशेष मात्र बाकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको बताउनुभयो । "
उहाँले ध्वाखा छें (नरसिंह) पाटीको लागत ३४ लाख रहेको र 'ग्वल: दे फल्चा' को लागत १५ लाख रहेको बताउनुभयो। वडाअध्यक्ष संगतले, "काठमाडौँ महानगरपालिका भित्रका विभिन्न पाटी पौवा तथा इनारहरूको खोजी सहित पुन:निर्माणको काम अगाडि बढाइरहदाँ आज नसिंह पाटी एवं ग्वल: दे फल्चा' समुद्घाटन गरिएको बताउनुभयो ।"
त्यस्तै, "वडा ८ मा रहेको ३२४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संगत् ८७३ मा भएको शिलापत्रमा उल्लेखित रहेको र हाल काठमाडौँ महानगरपालिकाले पुनः निरमाण गरेको बताउदैँ स्थानीयका अनुसार उक्त फल्चा ९० सालको भुकम्पभन्दा अगाडिसम्म रहेको संगतले बताउनुभयो ।
उहाँले, विशेषगरी हाल काठमाडौँ महानगरपालिका वडा ८ भित्रका पाटी पौवाहरू तिव्र रूपमा पुनः निर्माण भईरहेको बताउनुभयो ।
त्यस्तै, अहिले वडा ८ भित्रको ग्वल: दे फल्चा पुुन:निर्माण भईरहेको र रावण पाटी पनि पुनः निर्माणका लागि भग्नावशेष भत्काइरहेको र त्यसको पनि चाडैं नै पुनः निर्माण सम्पन्न गर्न लागिएको संगत बताउनुभयो ।
उक्त आयोजना काठमाडौँ महानगरपालिका वडा ८ नवाली टोलमा बनेको हो फल्चाको ताम्रेश्वर मन्दिर प्रांगण उपभोक्ता समितिले पुनः निर्माण सम्पन्न गरेको हो ।
आज आयोजित समारोहमा काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडा अध्यक्ष आशामान संगत लगायत वडा सदस्यहरू सरस्वती राज भण्डारी, सलोनी ओडारी, राजलक्ष्मी भुसाल, शेखर देउला लगायत स्थानीय ब्यक्तिहरूको सहभागीता रहेको थियो ।