काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघको केन्द्रीय समितिमा पाँच जनालाई मनोनित गरिएको छ । संघको विधानअनुसार केन्द्रीय अध्यक्षले ७ केन्द्रीय सदस्य र ७ जना सल्लाहकार मनोनित गर्न सक्ने ब्यवस्था छ ।

संघको शनिवार केन्द्रीय कार्यालय चावहिलमा बसेको सचिवालय वैठकबाट पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्यमा मनोनित हुनेमा नरदेव न्यौपाने (नवलपुर), मेघराज खनाल (गुल्मी), सरोज पोखरेल (सुनसरी), जय लम्साल र सुनिता अर्याल छन् ।
यस्तै, संघको केन्द्रीय सल्लाहकारमा पनि पाँच जना मनोनित भएका छन् । सल्लाहकारमा कमल खरेल, शान्ता नराल, डा. रमेश भट्टराई र लक्ष्मी कुमारी माली र कमला हेम्चुरीलाई मनोनित गरिएको हो । विभिन्न क्षेत्रका विज्ञताका आधारमा सल्लाहकार मनोनित गरिएको संघका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसीले बताए ।