काठमाडौं क्षेत्र नं. ३ मा कांग्रेस अधिवेशन विवादित: प्रक्रियागत धाँधली भएको भन्दै पुनः निर्वाचनको माग

दक्ष खबर 17388+ समाचार ( )
१२ अशोज २०८३, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदको निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता र प्रक्रियागत धाँधली भएको आरोप लगाउँदै मुख्य प्रत्याशीले निर्वाचन रद्द गरी पुनः निर्वाचन गराउन औपचारिक माग गरेका छन्। 

 क्षेत्रीय सभापति पदका प्रत्यासी दुर्गा ढुङ्गेलले जिल्ला निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै एक लिखित निवेदन पेस गरी वर्तमान निर्वाचन परिणाम अस्वीकार गर्ने घोषणा गर्नुभएको छ।   मुख्य विवाद र आरोपहरूउजुरी पत्रमा निर्वाचन अधिकृतको टोलीले लोकतान्त्रिक मान्यता, पार्टीको विधान र निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ। 

पारदर्शिताको अभावस् उम्मेदवारी दर्ता, मनोनयन, समयसीमा तथा कार्यतालिकाका विषयमा सबै उम्मेदवारहरूलाई पूर्वसूचना नदिई र समान अवसरबाट बञ्चित गराई कार्यन्वयन गरिएको।   एकतर्फी नतिजा घोषणास् प्रतिस्पर्धी उम्मेदवारहरूलाई मनोनयन दर्ता तथा प्रक्रिया पूरा गर्ने पर्याप्त समय र अवसर नै नदिई एकपक्षीय रूपमा विजयी घोषणा गरिएको। असमान व्यवहारस् निर्वाचन समितिका तर्फबाट सबै उम्मेदवारहरूमाथि समान व्यवहार नभएको र प्रक्रियागत त्रुटिलाई ढाकछोप गरी निर्णय थोपरिएको। 

५ प्रमुख मागहरू :

काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय सभापति पदको हालसम्मको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट भएको विजयको घोषणा तत्काल रद्दरबदर गरी पुनरावलोकन गरियोस्।   

विवाद कायम रहेको अवस्थामा आयोजना गर्न लागिएको विजयी प्रमाणपत्र वितरण कार्यक्रम तत्काल रोक्का गरियोस्।   

उम्मेदवारी दर्ता, मनोनयन तथा निर्वाचनका क्रममा भएका सम्पूर्ण घटनाक्रमको निष्पक्ष छानबिन गरियोस्।   

विधि, विधान र लोकतान्त्रिक मूल्य(मान्यता अनुसार सबै उम्मेदवारहरूलाई समान सूचना, अवसर र अधिकार सुनिश्चित गर्दै पुनः निर्वाचन गराइयोस्।   

छानबिन र पुनः निर्वाचन सम्पन्न नभएसम्म विवादित निर्वाचन परिणामलाई अन्तिम तथा वैध परिणामको रूपमा कार्यान्वयन नगरियोस्।   

व्यक्तिगत विरोध होइन, विधि(विधानको लडाइूँउम्मेदवार दुर्गा ढुङ्गेलका अनुसार यो उजुरी कुनै व्यक्ति विशेषप्रतिको व्यक्तिगत विरोध नभई नेपाली कांग्रेसको लोकतान्त्रिक निष्ठा, पारदर्शी विधि र विधानको रक्षाका लागि पेस गरिएको हो।   

विवाद समाधान नगरी एकतर्फी रूपमा अघि बढे पार्टीभित्र गम्भीर असन्तोष र विभाजनको स्थिति सिर्जना हुने चेतावनी दिँदै जिल्ला निर्वाचन अधिकृतलाई तत्काल सकारात्मक निर्णय लिन आग्रह गरिएको छ।   


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार