काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।
खसेको मतको यकीन हुन केही समय लाग्ने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिनुभयो ।
काठमाडौँका मतगणना हुने स्थानहरु :
क्षेत्र नं १ सहकारी विभाग
क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका
क्षेत्र नं ३ चामुन्डा माध्यामिक विद्यालय नारायणटार
क्षेत्र नं ४ बूढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय
क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५
क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली
क्षेत्र नं ७ जुडो हल नयाँबजार
क्षेत्र नं ८ जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ
क्षेत्र नं ९ चन्द्रगिरी नगरपालिका, बलम्बु
क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर