सेन्ट लरेन्स स्कुलद्वारा चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दक्ष खबर 15672+ समाचार ( )
२८ अशोज २०८०, आइतबार

काठमाडौँ । काठमाडौँको चावहिलमा रहेको सेन्ट लरेन्स स्कुलले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलले एक कार्यक्रमका बिच विजयादशमी, तिहार, नेपाल संवत् ११४४ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

स्कुलले विभिन्न तह र तप्काका व्यक्तिहरूको सहभागीतामा नेपालीहरूको महानपर्वहरू विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा बोल्दै सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालले, 'चाडपर्वहरूकाे शुभकामना व्यक्त गर्दै, पर्वहरूले मानिस मानिसबिचको भाईचारा र सम्बन्धलाई मजबुत बनाउँन मद्दत पुर्याउने बताउनुभयो ।'

त्यस्तै, सेन्ट लरेन्स कलेजका प्रेन्सिपल पुरूषोत्तम महर्जनले, 'चाडपर्वहरूकाे शुभकामना व्यक्त गर्दै, विद्यालयलले चाडपर्वलाई अझै विशेष बनाउँन  शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सम्बन्धलाई थप प्रगाढ बनाउन शुभकामना आदानप्रदान गरिएको बताउनुभयो ।


सेन्ट करेन्सले विद्यालय तहदेखि स्नातक तहसम्म विभिन्न विषयहरूको पठनपाठन गराउँदै आईरहेको छ । विगत २५ वर्षदेखि उत्कृष्ट शिक्षामा गुणस्तर प्रदान गर्दै आइरहेको उक्त कलेजले स्नातक तहमा बि एस सी, सि एस आई टी, बि सि ए, बि बि एस, बि ए, बि एस डव्लु, एम बि एस लगायतका कोर्षहरू अध्ययन अध्यापन गराउँदै रहेकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार