१८औँ शताब्दीमा निर्माण भएको दाफा भजन फल्चाको पुनःनिर्माण सहित समुद्घाटन

दक्ष खबर 16574+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ क्षेत्रमा रहेको दाफा भजन फल्चाको समुद्घाटन गरिएको छ ।

आज आयोजित एक समारोहका बिच काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा ८ का वडाअध्यक्ष आशामान संगतले फल्चाको समुद्घाटन गर्नुभएको हो ।

समुद्घाटन पछि बोल्दै वडा अध्यक्ष आशामान संगतले, '  भकुंंत्वा उपभोक्ता समितिको विशेष पहलमा पशुपति देवपत्तनस्थित भकुंत्वामा रहेको दाफा भजन फल्चा १८औँ शताब्दीमा श्री सिद्धि नरसिंह डंगोलद्वारा निर्माण गरिएको दफा भजन फल्चा: पूर्ण रूपमा जिर्ण भई हाल काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण गरी समुद्घाटन गरिएको उहाँले बताउनुभयो ।

उहाँले, पशुपति क्षेत्र विकास कोषले यस फल्चालाई हटाउन धेरै प्रयास गरेता पनि यसको ऐतिहासिकता कायम राख्नका लागि आफुरूले भत्काउन नदिएको र त्यस पश्चात् अर्को भवन सर्न ताकेता गरेर दुख दिएपनि अन्ततह: फल्चाको पुनः निर्माण कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो । उक्त भवन २१ लाख हाराहारी रकममा निर्माण भएको उहाँले बताउनुभयो ।

त्यस्तै, दाफा भजन फल्चा पुनः निर्माण गरेको भकुंंत्वा उपभोक्ता समितिका अध्यक्ष भाई राजा डंगोलले परम्परागत शैलीमा पाशुपत क्षेत्रमा रहेको भवनको पुन:निर्माण गरि समुद्घाटन गर्न पाएकोमा वडा अध्यक्ष लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँले, १८औँ शताब्दीमा श्री सिद्धि नरसिंह डंगोलद्वारा निर्माण गरिएको दफा भजन फल्चा पूर्ण रूपमा जिर्ण रहेकाले काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष सहितको टोलीलाई यस बारे जानकारी गराइएको र उहाँहरूको पहलमा फल्चा समुद्घाटन गरिएको उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका विभिन्न फल्चा, कुवाँ, इनार, डवली लगायतका परम्परागत संस्कृतिक, ऐतिहासिकता बोकेको सहरका रूपमा चिनिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार