ऊर्जा आत्मनिर्भरता र आर्थिक सुरक्षाका लागि १२ हजार मेगावाटको रोडम्याप आवश्यक : सुरज पाण्डे

दक्ष खबर 16574+ समाचार ( )
२३ वैशाख २०८३, बिहीबार

काठमाडौँ । हाइड्रो इन्जिनियर सुरज पाण्डेले नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन राष्ट्रिय रणनीतिसँग जोड्दै १२ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य तय गर्नुपर्ने बताएका छन्।

उनले देशको ऊर्जा क्षमतालाई सन्तुलित ढंगले उपयोग गर्न सके घरेलु उपभोग, औद्योगिक विस्तार र विद्युत् निर्यातलाई एकसाथ अघि बढाउन सकिने धारणा राखे। उनका अनुसार करिब ४ हजार मेगावाट विद्युत् घरायसी उपभोगलाई स्थायी र भरपर्दो बनाउन, अर्को ४ हजार मेगावाट विद्युतीय सवारी, हरित ऊर्जा तथा उद्योग क्षेत्र विस्तारमा केन्द्रित गर्न र बाँकी विद्युत् निर्यातमार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिन्छ।

पाण्डेले ऊर्जा उत्पादन बढाउनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै सुरक्षित प्रसारण लाइन, आधुनिक वितरण प्रणाली र दिगो पूर्वाधार निर्माणलाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने बताए । उनले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरण, औद्योगिकीकरण र भविष्यको ऊर्जा सुरक्षासँग प्रत्यक्ष जोडिएको रणनीतिक क्षेत्रका रूपमा लिनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार