काठमाडौँ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगरप्रमुख बालेन शाहलाई चुनाव लड्ने र देशको प्रधानमन्त्री बन्ने हो भने पहिला जेनजीको माग पूरा गर्न चुनौति दिएका छन् । मंगलबार जेनजी र महाअभियानसहित राष्ट्रवादी समूहहरुको संयुक्त जनआन्दोलन घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लड्ेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।’ त्यस्तै उनले जेनजी अगुवा रक्षा बमप्रति पनि आलोचना गरेका छन् ।
‘विश्वमा चिनिने एउटा सगरमाथा हो अर्को सिंहदरबार । तर सिंहदरबारमा आगो योजना बनाएर लगाइयो । आगो लगाइएको सिंहदरमा अगाडि गएर एउटा फोटो खिच्ने लड्कीलाई जेनजीको लिडर मानियो । मिडियाहरुले लिडर भन्दै लेखेका छन् । जेनजीहरु आज छटपटाएर हस्पिटलमा छन् तर मिडियाहरुले उनीहरुको बारेमा लेख्दैन्,’उनले ।
प्रसाईँले आफूले जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग नगरेको बताउँदै जेनजीहरुलाई अगाडि सारेर पछाडि गोठालोको काम गर्न आफू तयार रहेको बताए । ‘जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग गरेको छैन् । जेनजीहरुलाई अगाडि सारेर म पछाडि गोठालोको काम गर्ने छु,’ उनले भने । उनले मेयर शाहलाई गरिव होईन् गरिवी हटाउने सोच लिएर आउन सुझाए ।