संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै (यस्ताे छ कार्यसूचि)

दक्ष खबर 16456+ समाचार ( )
२७ पौष २०८१, आइतबार

काठमाडाैँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१ पेश गर्नुहुने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ फिर्ता लिने प्रश्ताव प्रश्तुत गर्नुहुने, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेश गरिने, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ प्रश्तुत गर्नुहुने, नेपाल प्रहरी विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, नेपाल प्रहरी विधेयक, २०८१ प्रश्तुत गर्नुहुने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ प्रश्तुत गर्नुहुनेछ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, विधायन विधेयक, २०८० सम्बन्धमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरु र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रश्तुत गरिने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ सभा समक्ष पेस गर्नुहुनेछ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार