रास्वपाले समानुपातिक सांसदहरूको नाम आजै टुंग्याउने

दक्ष खबर 16456+ समाचार ( )
३० माघ २०८२, आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूको नामावली आजै  टुंग्याउने भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ ।

पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको बताउनुभयो । उहाँले  मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताउनुभयो । 

'औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल पनि भएको छैन,' पार्टी केन्द्रीय कार्यालय परिसरबाट झाले भन्नुभयो,'निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।'

सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार