कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

दक्ष खबर 16206+ समाचार ( )
२९ माघ २०८२, शनिबार

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बस्ने भएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत्र १ गते (आइतबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो ।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरिने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि दुलालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार