काठमाडौँ । विनायक सिद्ध कलेजका कक्षा १२ का विद्यार्थीहरू उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन् ।
काठमाडौँ महानगरपालिका वडा-७ चावहिलमा अवस्थित कलेजका विद्यार्थीहरू राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका हुन ।
कलेबाट कक्षा १२ को परीक्षामा समावेश भएका ४७१ जना विद्यार्थीहरूमध्ये १५९ जनाले 'ए प्लस', १९२ जनाले 'ए', ८६ जनाले 'बि प्लस' र ३४ जनाले 'बि' ल्याएको विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिंखडा जानकारी दिनुभयो ।
उहाँले उत्कृष्ट नतिजा सहित स्नातक तहको अध्ययन लेवलमा पुगेका विद्यार्थीहरूलाई बदाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
विनायक सिद्ध कलेज गुणस्तरीय र जीवनोपयोगी शिक्षा सँगसँगै सिपमुलक शिक्षा प्रदानमा कटिबद्ध रहदैँ आएको कलेज हो । उक्त कलेजले कक्षा ११/१२ सहित स्नातक तहमा विभिन्न विषयहरू अध्ययन अध्यापन गराउँदै आइरहेको छ ।
Bsbsbs
22751834
Hi