काठमाडौँ ४ का उम्मेद्वार सचिन तिमल्सेनाले कति गरे चुनावी खर्च ?

दक्ष खबर 16534+ समाचार ( )
२७ माघ २०८२, बिहीबार

काठमाडौँ। प्रतिनिधि सभा सदस्यका उम्मेदवार सचिन तिमल्सेनाले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले पारदर्शितालाई प्राथमिकतामा राख्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत खर्च विवरण औपचारिक रूपमा निर्वाचन आयोगसमक्ष पेश गरेका हुन्।

तिमल्सेनाले प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगको आचारसंहिता अनुसार २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको वास्तविक खर्च विवरण पेश गरेको जानकारी दिएका छन्। उनले चुनावी प्रक्रियामा पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन आफूले खर्चको विवरण सार्वजनिक गरेको बताएका छन्।

निर्वाचन अभियानका क्रममा संगठन दर्ता, सवारी साधन भाडा, प्रचार–प्रसार, कार्यालय व्यवस्थापन, सभा–सम्मेलन सञ्चालन, मानव स्रोत व्यवस्थापन, फोन तथा खानपान लगायत विभिन्न शीर्षकमा खर्च भएको छ। उक्त विवरण अनुसार कुल खर्च करिब १९ लाख ४६ हजार ५१२ रुपैयाँभन्दा बढी भएको उल्लेख गरिएको छ। खर्च विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा विधिवत दर्ता समेत गराएका छन् ।

तिमल्सेनाले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन निर्वाचन खर्च पारदर्शी हुनु आवश्यक रहेको भन्दै सबै सरोकारवालासमक्ष आफ्नो खर्च विवरण सार्वजनिक गरेको बताएका छन्। उनले पारदर्शिता, सुशासन र जिम्मेवार राजनीतिक संस्कृतिको विकासका लागि यस्तो अभ्यास आवश्यक रहेको पनि उल्लेख गरेका छन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार