मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुल्ला

दक्ष खबर 15672+ समाचार ( )
११ श्रावण २०८०, बिहीबार

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुल्ला गरिएको छ । पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुल्ला गरिएको हो ।

मिस युनिभर्स नेपालमा सहभागी हुन चाहनेले साउन १८ गतेसम्म आवेदन दिन सक्ने ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले जानकारी दिनुभयो  । उहाँले आगामी संस्करणलाई थप समावेशी र लोकतान्त्रिक बनाउदैँ अगाडि बढ्ने प्रयास भइरहेको बताउनुभयो । श्रेष्ठले, अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्षसम्म पुर्‍याइएको जानकारि दिनुभयो ।

मिस युनिभर्स नेपालका प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिताले सबैलाई अवसर प्रदान गर्दै अघि बढ्न प्रोत्साहन दिने बताउनुभयो । आउँदो संस्करणको विजेताले ७२औं मिस युनिभर्समा प्रतिनिधित्व गर्न पाउने बताइएको छ । 


पर्यटन बोर्डकी प्रबन्ध निर्देशक नन्दिनी थापाले प्रतियोगिताको विजेतालाई नेपालको पर्यटन दूत घोषणा गर्ने बताउनुभयो ।

त्यस्तै, मिस युनिभर्सल नेपालका कोरियोग्राफर प्रशान्त ताम्राकारले,'कोरियोग्राफरको भुमिका मञ्चमै प्रस्तुत हुने भएकाले आफ्नो मिहिनेत प्रतिस्पर्धीहरू मार्फत देखिने बताउनुभयो ।' उहाँले आफुहरूको मिहिनेतका आधारमा प्रतिस्पर्धीीहरूबाट उत्कृष्ट आउने हुँदा कुनै पनि कसर बाकी नराखी उत्कृष्ट प्रतिस्पर्धी सार्वजनिक गर्ने बताउनुभयो ।

त्यस्तै, २०२२ कि मिस युनिभर्सल नेपाल सोफिया भुजेलले, 'मिस युनिभर्स नेपालले आफुहरूलाई प्रतिस्पर्धा गर्ने एउटा थलो प्रदान गरेको र त्यसको सदुपयोग कसरी गर्ने आफ्नो हातमा हुने बताउनुभयो । '

चौथो संस्करणको मिस युनिभर्सल विश्वको सबैभन्दा प्रतिष्ठित र सम्मानित प्रतियोगिता मध्यको फ्रान्चाइजी अन्तर्गतको स्वतन्त्र राष्ट्रिय प्रतियोगिता हुने आयोजकले विश्वास लिएको छ । 

मिस युनिभर्स नेपाल २०२३ को ताज जित्ने र ७२औं मिस युनिभर्सको भव्य मञ्चमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने सपना बोकेका सबै साहसी, सशक्त र सुन्दर महिलाहरूका लागि यो एउटा उत्कृष्ट अवसर भएको आयोजकले जनाएको छ ।

यो प्रतियोगितामा भदौ २२ मा घोषणा हुने विजेताले ७२औँ ‘मिस युनिभर्स’को मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यस प्रतियोगितामा विजेतासँगै चार उपविजेतासमेत घोषणा हुनेछन् । गत जेठ २३ गतेबाट सुरु भएको दर्ता आगामी साउन १८ सम्म चल्नेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार