लुम्बिनी एकेडेमीक कलेजद्वारा ऐतिहासिक तथा पुरात्तात्विक क्षेत्र सरसफाइ अभियान सञ्चालन

दक्ष खबर 16456+ समाचार ( )
२७ पौष २०८०, शनिबार

काठमाडौँ । लुम्बिनी एकेडेमीक कलेजले "मेरो आँगन, मेरो जिम्मेवारी "लुम्बिनी एकेडेमी टोल सरसफाई अभियान अन्तरगत बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ  । 

लुम्बिनी एकेडेमीक कलेजले काठमाडौँ  महानगरपालिका वडा ७ क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरात्तात्विक तथा सार्वजनिक स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो । 

उक्त कार्यक्रमको शुरूवात लुम्बिनी एकेडेमीक सेकेन्डरी स्कुलका अध्यक्ष लोकेश ढकाल एवं कामपा ७ का वडाअध्यक्ष विकल कुमार होडाले गमलामा पानि हालेर शुभारम्भ गर्नु भएको थियो । 


हरेक १५-१५ दिनमा उक्त अभियान अन्तर्गत सम्पदा क्षेत्रहरूको सरसफाइ तथा पुरातात्त्विक स्थालहरूमा सरसफाइ गर्ने लुम्बिनी एकेडेमीक फाउण्डेसनका प्रबन्ध निर्देशक रबिन चन्द्र कोइरालाले जानकारी दिनुभयो । 

उहाँले सम्पदा क्षेत्रको सरसफाइ तथा विद्यार्थीहरूमा जनचेतना जगाउन उक्त अभियान सञ्चालन गरिएको कोइरालाले बताउनुभयो ।

लुम्बिनी एकेडेमीक कलेजले सामाजिक सांस्कृतिक तथा परम्परागत शिक्षालाई अगाडि बढाउदै गुणस्तरीय शिक्षा हासिल गर्दै आईरहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार