केपी शर्मा ओलीको रिहाइ माग्दै एमालेको आन्दोलन घोषणा

दक्ष खबर 16463+ समाचार ( )
१३ फाल्गुन २०८२, शनिबार

काठमाडौँ । केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै नेकपा एमालेको सचिवालय बैठकले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पार्टीका नेता महेश बस्नेतका अनुसार आज बसेको बैठकले कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकामहरूमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ। त्यस्तै, भोलि चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी  कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।

यसैगरी, लोकतन्त्र र कानुनी राज्यको पक्षमा रहेका सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग मिलेर आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि बैठकले गरेको जनाएको छ।

एमालेले उक्त कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार