कांग्रेस एकताका लागि डा.शेखर कोइरालाकाे यस्ताे छ प्रस्ताव 

दक्ष खबर 16652+ समाचार ( )
१० जेठ २०८३, सोमबार

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको भन्दै डा.कोइरालाले एकताको मिलनविन्दु स्वरुप पाँच प्रस्ताव गरेका हुन् ।

डा.कोइरालाले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिलाई अनिवार्य म्यान्डेटोरी नगर्ने प्रस्ताव पहिलो बुँदामा समावेश गरेका छन् । त्यस्तै उनले १४औं महाधिवेशन पछाडि नविकरण गरिएका र बितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औं महाधिवेशन गर्ने प्रस्तापपनि गरेका छन् ।

कोइरालाले १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र बिशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुनेगरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, बिधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार