जन विकास मा. वि. परिसरका २२ वटा सटर भत्काइयो

दक्ष खबर 16543+ समाचार ( )
शिक्षण क्रियाकलाप सञ्चालन हुनु पर्ने ठाउँमा व्यापारिक क्रियाकलाप गरिएकाले भत्काइएको हो : राजुनाथ पाण्डे
११ मंसिर २०८२, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जन विकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटरहरु भत्काइएको छ ।

महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिएको थियो ।

शैक्षिक गतिविधि सञ्चालन हुनुपर्ने ठाउँमा व्यापारिक गतिविधि सञ्चालनमा रोक लगाएर गएको वर्ष सटर खाली गराइएका थिए । ती खाली सटरहरु आज भत्काइएका हुन् । 

पाण्डेकाअनुसार यसअघि ती सटरहरुमा फलफूल पसल तथा अन्य साना पसलहरू सञ्चालन गरिएका थिए . महानगरपालिकाले शैक्षिक संस्थाहरुको जमिन शिक्षण क्रियाकलापमा ल्याउन गएको वर्षदेखि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार